images
images

बागमतीका चार मन्त्रीको राजीनामा स्वीकृत नै नगरी मुख्यमन्त्रीले गरे पदमुक्त

काठमाडौँ -बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नै नगरी मुख्यमन्त्री बहादुरसिंह लामाले सिधै पदमुक्त गरेका छन्।

 

 

नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेको उनले उल्लेख गरेका छन्।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले आज दिउँसो राजीनामा दिएका थिए।

राजीनामा दिएकासहित कांग्रेस सांसदहरूले भने उनलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन्।