images
images
images

उपप्रधानमन्त्री सिंहद्वारा लुम्बिनीको संरक्षण र संवर्द्धनमा जोड

काठमाडौँ – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्द्धनमा सबैले लाग्नुपर्ने बताएका छन्।

शनिवार काठमाडौँमा सुपोत महास्थविरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सुपोत महास्थविरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गरेको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको थियो।

सोही सन्दर्भमा नेपाली बौद्ध समुदायले पनि उनलाई अभिनन्दन गरेको हो। उपप्रधानमन्त्री सिंहले सुपोत महास्थविरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

“आजको यो अभिनन्दन कार्यक्रम छ। जुन उहाँले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक, सामाजिक योगदान गर्नुभएको छ। निरन्तर र अनवरत रूपमा योगदान गर्नुभयो। थाइ सरकारले ज्यादै ठूलो सम्मान दिएको छ,” उनले भने, “बुद्धिजम अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ।”

उपप्रधानमन्त्री सिंहले बुद्ध धर्म र लुम्बिनी एकअर्काको पर्याय भएको पनि बताए।