images
images

बागमतीले साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर बाँड्छ : मन्त्री महर्जन

काठमाडौँ – बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण सुरु गरिने बताएका छन्।

 

 

शनिवार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताएका छन्।

गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’मार्फत सार्वजनिक गरिएको थियो। उक्त सेवा सुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको भनाइ छ।

उनले नागरिकहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटक-पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको जानकारी दिए।