काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। माओवादी केन्द्रको गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा शनिबार नेकपा विप्लव निकट संगठन माओवादीमा समाहित भएको हो ।
समाहित हुन आएका नेता कार्यकर्ताहरूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे। नेकपा विप्लवको सम्पर्क समिति सहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेकाे प्रचण्डकाे सचिवालयले जानकारी दिएकाे छ।
माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत छन्।










