images
images
images

त्रिभुवन विमानस्थलमा अब २९ वटा जहाज एकै पटक पार्किङ गर्न सकिने

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबदेखि एकै पटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका विषयमा जानकारी गराउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जियिनर प्रदीप अधिकारीले यसबारे जानकारी गराएका हुन्।

यसअघि इन्टरनेशनल पार्किङ एप्रोनमा ११ वटा मात्रै विमानहरु पार्किङ गर्न सकिन्थ्यो। अब न्यारोबडी १८ वटा, वाइडबडी र न्यारोबडी मिलाएर राख्दा ६६ वटा राख्न सकिने भएकाे छ ।

हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्यधिक वृद्धि भएसँगै गुरुयोजना अध्यावधिक गरी क्रमिक रूपमा क्षमता विस्तारको कार्य गरिरहेको छ।

विमानस्थलमा १५ अर्ब रुपैयाँ लागतको धावनमार्ग जोड्ने ट्याक्सी वे, समानान्तर ट्याक्सी वे, अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, आन्तरिक वायुसेवाका लागि ह्यांगरलगायत निर्माण कार्य जारी छ।