images
images
images

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

काठमाडौँ -डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत ग्राहकले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ । यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क एफवाइसी सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।