images
images
images

विश्वको सबैभन्दा लोकप्रिय नेता बने भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा लोकप्रिय नेता बनेका छन् । बिजनेस इन्टेलिजेन्स कम्पनी मर्निङ कन्सल्टले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मोदी लोकप्रिय नेता बनेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले ७५ प्रतिशत जनताको अनुमोदन मूल्याङ्कन पाएर बिश्वकै सवैभन्दा लोकप्रिय नेताको सूचीमा आफ्नो नाम दर्ज गराएका हुन् ।

यो सर्वेक्षण ४ देखि १० जुलाईको बीचमा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणले मोदीपछि दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ दोस्रो स्थानमा देखाएको छ । उनी ५९ प्रतिशत अनुमोदन मूल्याङ्कनका साथ दोस्रो स्थानमा छन् ।

यस्तै अर्जेन्टिनाका राष्ट्रपति जेभियर मेली यस सूचीमा तेस्रो स्थानमा छन् । उनको पक्षमा ५७ प्रतिशत मत परेको छ ।

सर्वेक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आठौं स्थानमा देखिएका छन् ।

त्यस्तै, सबैभन्दा कम लोकप्रिय नेताहरूमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र चेक गणराज्यका प्रधानमन्त्री पेट्र फियाला छन् । उनीहरुले १८ प्रतिशत जनताको समर्थन पाएका छन् ।