images
images

टेरामक्स प्रकरण : दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारमा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई ३ लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा आइतबार अदालतमा हाजिर भएर बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो।

कानूनी प्रक्रियाविना नागरिकको गोप्य विवरणमा पहुँच राख्न रोक लगाएको अवस्थामा झा लगायत प्राधिकरणका सञ्चालक समितिका पदाधिकारीहरुले टेरामक्स खरिदको निर्णय गर्दै प्रक्रिया अघि बढाएका थिए ।

अख्तियारले गत जेठ १ मा प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत सहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ मा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।