images
images

मुख्य रजिष्ट्रारसहित १७५ जना अधिकृतको सरुवा/बढुवा (सूचीसहित)

काठमाडौँ – न्याय सेवा आयोगले उल्लेख्य संख्यामा न्याय सेवा, सरकारी वकिलतर्फका अधिकृतहरुको सरुवा तथा वढुवा गरेको छ।

सोमबार बसेको आयोगको बैठकले पाँच जना सहसचिवहरुलाई सचिव (विशिष्ट श्रेणी)को पदमा बढुवा तथा पदस्थापन गरेको हो।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेलको नाम नियुक्तिका लागि सिफारिस गरेको छ। पौडेल सर्वोच्चको रजिष्ट्रार पदमा कार्यरत थिए। आइतबारदेखि देवेन्द्र ढकालले उमेर हदका कारण अवकास पाएपछि पौडेलले न्याय सेवा प्रशासन तर्फको सर्वोच्च पद मुख्य रजिष्ट्रारमा सिफारिस भएका हुन्।

त्यस्तै आयोगले सहरजिष्ट्रार मानबहादुर कार्कीलाई सचिव सरहको रजिष्ट्रार पदमा बढुवा सिफारिस गरेको छ।

महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सूर्यराज दाहाल सचिवमा बढुवा भएर बेपत्ता आयोगको सचिवको जिम्मेवारीका लागि सिफारिस भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा दरबन्दी रही सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत सहसचिव निर्मला अधिकारी भट्टराई त्यहीँको सचिवमा बढुवा भएकी छिन्।

आयोगका प्रवक्ता अशोक क्षेत्रीका अनुसार निर्वाचन आयोगमा कार्यरत इन्दिरा दहाल सचिवमा बढुवा भएर नेपाल कानुन आयोगको सचिवको जिम्मेवारीमा सिफारिस भएकी छिन्।

बेपत्ता आयोगको सचिव रहेका खेमराज ज्ञवाली नायव महान्यायाधीवक्ता कार्यालयमा सरुवा भएका छन्। आयोगले ६३ जना उपसचिवहरुको सरुव गरेको छ। विभिन्न जिल्लामा स्रेस्तेदार तथा प्रशासनमा रहेकाहरुलाई आयोग सरुवा गरेको हो।

१९ जना शाखा अधिकृतहरुको पनि सरुवाका लागि सिफारिस भएको आयोगका प्रवक्ता क्षेत्रीले बताए। सिफारिसलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कार्यान्वयन गर्नेछन्।

यस्तो छ सरुवा तथा बढुवाको सूचीः