images
images
images

सरकारले सार्वजनिक गर्‍यो नयाँ पर्यटन नीति (पूर्णपाठसहित)

काठमाडौँ – सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमका बीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गरेका हुन्। पर्यटनमन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्वपूर्ण हुने बताए।

 

 

उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरुसमेत नीतिमा समावेश गर्दै जाने बताए। उनले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए।

उनले संघीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद्समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीन वटा बैठक सम्पन्न भइसकेको पनि बताए। नीतिमार्फत नेपाललाई साँस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ।

मन्त्रालय मातहतका निकायहरुको मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताए। उनले सबै निकायहरुको लागि विशिष्टकृत ऐन निर्माणमा मन्त्री सक्रिय रहेको बताए।

भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्वी भएका देशहरुमा सिधा उडान होस् भन्ने धेरै चाहना भएको उल्लेख गर्दै उनले त्यहीअनुसार कार्ययोजना बनाइरहेको पनि बताए।