images
images
images

स्वास्थ्य मन्त्री पौडेलको दाबी-‘स्वास्थ्य बीमाको बक्यौता भदौभित्रै भुक्तानी गर्छौँ’

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बापत अस्पताललाई तिर्नु पर्ने बक्यौता भदौ महिनाभित्रै भुक्तानी गर्ने बताएका छन् ।

सोमबार वीर अस्पतालको वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘भदौ महिनाभित्र सबै अस्पतालमा बिमाको बक्यौता भुक्तानी हुनेछ।’ यसको साथै यही वर्षदेखि बिमाको थैली दुई लाखमा वृद्धि गरेको बताए ।