काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा निजी क्षेत्रलाई पनि समेटिएको भन्दै राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
मंगलबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले विधेयकले निजी क्षेत्रले पनि विमानस्थल व्यवस्थापन गर्नसक्ने प्रावधान राखिएको भन्दै यसमा थप स्पष्टता जरुरी रहेको बताएका हुन्।
सरकारले कसरी सुपरीवेक्षण गर्छ, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई हरेर मात्रै निजी क्षेत्रलाई विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिन सकिने उनको भनाइ थियो।
उनले भने, ‘यो विधेयकले निजी क्षेत्रले पनि एयरपोर्ट म्यानेज गर्नसक्ने किसिमको प्रावधान राखेको छ। तर, दुई कुरामा बढी ध्यान दिनुपर्छ। निजी क्षेत्रलाई दिँदै गर्दा स्पष्टता, टिओरदेखि सरकारले कसरी सुपरीवेक्षण गर्दछ भनेर जानुपर्छ। राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई पनि हेर्नुपर्छ। कुन एयरपोर्ट दिने कसलाई नदिने भन्नेकुरामा ध्यान दिनुपर्छ। दोहोरो भूमिका हुनसक्ने स्थानहरुम परिमार्जन गर्नुपर्छ।’
सांसद खनालले विधेयकमा आइकाओको विषयमा केही विषयहरु छुटेको अनुभूति आफूले गरेको बताए।










