images
images

मौसमविद् भन्छन्–आज र भोलि ठूलो पानी पर्दैन, आउँदो हप्ता भारी वर्षाको सम्भावना छ

काठमाडौं – ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ ।

मौसमविद् प्रतिभा मानन्धर आज र भोलि ठूलो वर्षा नहुने बताउँछिन् । “अहिलेसम्मको अवस्था हेर्दा आज र भोलि ठूलो वर्षा हुने देखिँदैन,” उनी भन्छिन्, “सानो वर्षा त भइरहेकै छ ।”

काठमाडौं । ठूलो पानी पार्ने प्रणाली केही कमजोर हुँदा देशका धेरै स्थानमा वर्षा भएको छैन । केही स्थानमा सामान्य वर्षा मात्रै भएको छ ।

मौसमविद् प्रतिभा मानन्धर आज र भोलि ठूलो वर्षा नहुने बताउँछिन् । “अहिलेसम्मको अवस्था हेर्दा आज र भोलि ठूलो वर्षा हुने देखिँदैन,” उनी भन्छिन्, “सानो वर्षा त भइरहेकै छ ।”

गएराति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भएको उनी बताउँछिन् । वाग्मती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोकलगायत स्थानमा पनि वर्षा भइरहेको उनले जानकारी दिइन् ।

“अगष्टको पहिलो साता भने ठूलै वर्षा हुने देखिएको छ,” मौसमविद् मानन्धर भन्छिन् ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भूभागमा साधारणतया बदली रही  तराई भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।