काठमाडौँ – संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा ‘चलखेल’ भएको विषयमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको बैठक बुधबार बस्दैछ। सिंहदरबार राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिवेदन लेखनको कार्यमाथि छलफल हुनेछ ।

गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ पिरियड’ बारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो। समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक सदस्य छन्।
समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए। समय अपुग भएको समितिले बताएपछि सात दिनको समय थप दिइएको छ। अब यही साउन १९ गतेसम्म छानबिन समितिले समय पाएको छ। समयमै कामसक्ने गरी समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको छ।
साउन १९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा छानबिन प्रतिवेदन पेश गर्ने समितिको तयारी छ।









