images
images

मार्गदर्शन सहकारी प्रकरण : ६ करोड अपचलन आरोपमा अध्यक्षपछि बिहीबार सदस्य सिलवाल पक्राउ

काठमाडौं– करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका एक सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन घर भएका रामहरि सिलवाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो ।

उनलाई रुपन्देही पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।

बुधबार मात्रै प्रहरीले सहकारीका अध्यक्ष अशोक केसीलाई पक्राउ गरेको थियो । यो सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

यो सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।