नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
भदौ ७ गते (अगस्ट २३) मा हुने भनिएको संघको निर्वाचनका लागि उनले अधयक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
गुरुङले संघको अघिल्लो कार्यकालमा यस संस्थाको महासचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए।
तीन वर्षको अवधिमा उनले हिमालसँग सम्बन्धित विविध पक्षहरू; चुनौती, अवसर र समाधानबारे प्रत्यक्ष रूपमा बुझ्ने र अनुभूति गर्ने अवसर पाएको बताए।

नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि आफूले उम्मेदवारी दिएको गुरुङले बताएका छन् । लामो समयदेखि पर्वतीय पर्यटन तथा पर्वतारोहण क्षेत्रको प्रवर्द्धनमा क्रियाशील गुरुङले देश तथा विदेशमा नेपालका हिमाली सम्भावनाहरूलाई चिनाउने अभियान, पर्वतारोहणको सुरक्षित व्यवस्थापन तथा सम्बन्धित समुदायको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
उनलाई लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सर्वसम्मत रूपमा अध्यक्ष पदका लागि अगाडि सारेको हो।
तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिए गुरुङ व्यसायायीहरुमाझ एकेडेमिक व्यक्तित्वका रुपमा परिचत छन्।










