images
images

रेशमलाई थुनाउने विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चद्वारा सदर

काठमाडौं–  उच्च अदालत पाटनले न्याय सेवाका शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश सदर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्धको मुद्दा विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतको मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले फर्जी पत्र बनाएर चौधरीलाई थुनाएका थिए ।

पछि उनीविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा मुद्दा चलेको छ । त्यही मुद्दामा जिल्ला अदालत काठमाडौं उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

५ जेठमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश दिनबन्धु बरालले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए । बिहीबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको इजलासले जिल्लाकै आदेश गरेको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । विष्ट पनि निवेदन लिएर उच्च पुगेकोमा बिहीबार बेरितको भन्दै जिल्लाको आदेश सदर गरिदिएको हो ।