काठमाडौं, १६ साउन – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजदेखि सुरु हुँदैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठकले तय गरेका एजेण्डाहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।
पार्टीभित्र नेतृत्वविरुद्ध केही नेताले तथ्यहीन आरोप लगाउने, नेतृत्वको तथ्यहीन आलोचना गर्नेलगायतका क्रियाकलाप गरेपछि बस्न लागेको बैठकमा यो विषयमा पनि छलफल हुनेछ ।
माओवादीको स्थायी समितिमा १२ महिला सदस्य रहेका छन् । त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ उपाध्यक्ष मनोनित भएपछि तलको सूचीमा नाम समावेश छ ।
माओवादी स्थायी समितिका सदस्यहरु









