images
images
images

भारतले तोड्यो आफ्नो ४६ वर्ष पुरानो रेकर्ड, जैसवालको शतक

काठमाडौं– द ओभल मैदानमा जारी भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्टको दोस्रो पारीमा भारतका ब्याट्सम्यान यशस्वी जैसवालले शतक प्रहार गरेका छन् ।

टेस्ट करिअरमा उनको यो छैटौं शतक हो । यसका साथै भारतीय टिमले टेस्ट सिरिजमा शतकको एक नयाँ कीर्तिमान बनाएको छ ।

जारी सिरिजमा भारतको यो १२ औं शतक हो । भारतको एक टेस्ट सिरिजमा व्यक्तिगत सर्वाधिक शतकसमेत बनेको छ ।

यसअघि सन् १९७८–७९ मा वेस्टइन्डिजविरुद्ध भारतमा खेलिएको सिरिजमा भारतीय टिमले ११ शतक प्रहार गरेको थियो । यति मात्र नभइ भारत एक टेस्ट सिरिजमा कुनै टिमका तर्फबाट सर्वाधिक शतक लगाउने टिमको संयुक्त रुपमा पहिलो नम्बरमा पुगेको छ ।