काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले छलफल चलिरहेको बताए ।
जनार्दन शर्माले अध्यक्ष प्रचण्डबाट आत्मालोचना हुनुपर्ने भनी दिएको अभिव्यक्तिबारे प्रश्नमा उनले भने- छलफल चलिरहेको छ, जसले गल्ती गरेको हो त्यसले आत्मालोचना गर्ने हो ।

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने आवाज बैठकमा एकाधबाहेक अरुले नउठाएको भन्दै त्यो औचित्यहीन नरहेको बताए ।
शर्माले आइतवार बैठकमा बोल्ने क्रममा आफनो भागमा परेका गल्तीको लागि आत्मालोचना गर्न तयार भएको भन्दै ३१ लाखबाट ११ लाख भोटको पार्टीमा खुम्चिएको जिम्मेवारी प्रचण्डले लिनुपर्ने बताएका थिए ।










