images
images
images

ज्ञानेन्द्र शाह असली राजा होइनन्ः ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन्।

आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्र शाहलाई दरबार हत्यकाण्ड भएपछि कुसको राजाका रुपमा ल्याइएको बताए।

वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ।

उनले २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभूवन भागेर भारत गएको भन्दै त्यही बेला अग्रजहरुले राजाबाहेक अरुमा सम्झौता गर्छौं भनेको भए ठीक हुने टिप्पणी गरे। त्यही त्रुटिले २०६५ सम्म सामन्तवादीको अधिनमा रहनुपरेको उनले बताए।

उनले भने, ‘दरबार हत्याकाण्ड भनेको सानो कुरा हो? त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजै होइन। राजा मारियो, रानी मारिए, युवराज मारिए। यता उता नभएको भाइ चाहिँ खोजेर ल्याएर बनाएको छ।’

उनले थपे, ‘दरबार हत्याकाण्डको परिकल्पना गरेको छ। अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ। एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो। अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो। दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि। राजा फर्काउँदैनौँ, अरु कुरामा सम्झौता गर्छौं भनेको भए पनि हुन्थ्यो होला। खैर त्यो अग्रजहरुको कुरा हो। त्रुटि भयो। जसले गर्दा भोगेको भोग्यै गर्नुपर्‍यो, ०६५ सालसम्म।’