images
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ।

बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन) विधेयक, २०७९’ संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता भएको औपचारिक जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन्।

राष्ट्रपति पौडेलले प्रथम दृष्टिमै संविधानको भावना र मर्म एवम् विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने गरी विधेयक तयार पारिएको भन्दै पुनर्विचारका लागि यही साउन ८ गते फिर्ता गर्ने निर्णय गरेका थिए।

यसैगरी आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।