काठमाडौंं, १९ साउन – नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीका आन्तरिक विषय बाहिर सार्वजनिक गर्नु गलत भएको बताउनु भएको छ । पार्टीको स्थायी समिति बैठकमा बोल्दै श्रेष्ठले अनावश्यकरुपमा बाहिर लैजाने कुरा गलत भएको बताउनु भयो ।
श्रेष्ठले विधि र पद्दतीको पालना सबैले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीका आन्तरिक बहस सार्वजनिक गर्नुहुन्न । पार्टीको माइनुटमा हस्ताक्षर नगर्ने कुरा गलत हुन्छ । यो विषयमा दायाँबायाँ हुन्न । तत्काल हस्ताक्षर गरिहाल्नुपर्छ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधिको पालनामा जोड दिनु भएको छ । उहाँले बैठकमा भन्नुभयो,’ विचारलाई सम्मान गर्दै विधिको पालना हुनुपर्छ । पार्टी एकतावद्ध बनाउनु पर्छ ।’










