images
images
images

एनएमबि बैंकद्वारा मानवसेवा आश्रमलाई सोलार उपकरण हस्तान्तरण

पोखरा – एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटर क्षमताको सोलार ट्यांकीसहितका सोलार उपकरण हस्तान्तरण गरेको छ। पोखरास्थित आश्रममा आयोजित एक विशेष समारोहका बीच यी सामग्रीहरू प्रदान गरिएको हो।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले दीप प्रज्वलन गर्दै गर्नुभयो। कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ज्ञवालीले अध्यक्षता गर्नुभयो। बैंकका संस्थापक शेयरधनीहरूमध्ये राजेन्द्र कुमार न्यौपाने, प्रा. डा. हरि पाठक, सालिकराम ज्ञवाली, बमबहादुर कुँवर र ओम कुमार मुल्मीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले धन्यवाद ज्ञापन गर्दै बैंकको सामाजिक उत्तरदायित्वप्रतिको योगदानको प्रशंसा गर्नुभयो।

एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, प्रदेश प्रमुख दुर्गाराम पुरी, रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली लगायतका अधिकारीहरूले सामूहिक रूपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए। आश्रमका महासचिव सुशीला के.सी. ‘रूपा’ लगायत प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।

एनएमबि बैंकले साउन महिनालाई ‘हरित महिनाका रूपमा मनाउँदै विभिन्न सामाजिक तथा वातावरणीय गतिविधिहरू सञ्चालन गरिरहेको छ। यही अभियानअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको एनएमबि बैंकले अन्य प्रदेशहरूमा पनि यस्तै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।