काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा प्रदान गरिने पाँचवटा प्रतिष्ठित अवार्ड हात पार्न सफल भएको छ। लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनल र सिंगापुरस्थित एशियन बैंकिङ एण्ड फाइनान्सले बैंकको डिजिटल रुपान्तरण र ग्राहक सेवामा नवप्रवर्तनको प्रशंसा गर्दै बैंकलाई यी सम्मानहरू प्रदान गरेका हुन्।
क्यापिटल फाइनान्स इन्टरनेसनलले नेपाल एसबिआई बैंकलाई ‘च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५’ को उपाधिबाट सम्मानित गरेको छ। त्यस्तै, एशियन बैंकिङ एण्ड फाइनान्सले प्रदान गर्ने २०२५ का वार्षिक अवार्डहरू अन्तर्गत बैंकले चार विधामा अवार्ड प्राप्त गरेको छ। ती अवार्डहरूमा ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’, ‘डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर – नेपाल’ र ‘एसएमई बैंक अफ द इयर – नेपाल’ पर्छन्।
नेपाल एसबिआई बैंक लिमिटेडले ३२ वर्षदेखि देशभर आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ। हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन्। बैंकले ग्रामीणदेखि शहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आएको छ।










