काठमाडौं – एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित चार वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। क्यापिटलले आफ्ना इकाइधनीहरूलाई कुल ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ बराबरको प्रतिफल दिने भएको हो।
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत, एनआईसी एशिया ब्यालेन्सले ९.९० प्रतिशत, एनआईसी एशिया सेलेक्ट ३०(इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएका हुन ।
फण्डहरुको उक्त प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि साउन २९ गते इकाइधनी पुस्तिका बन्द हुनेछ । फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न साउन २८ गतेसम्म इकाईधनी बन्नुपर्नेछ ।










