images
images
images

भारतको उत्तरकाशीमा भीषण बाढी, खोला किनारका बस्ती तहसनहस, चार जनाको मृत्यु, दर्जनौं बेपत्ता

काठमाडौं– भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ । कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनारका बस्ती तहसनहस पारेको छ ।

क्षतिको विवरण नआए पनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएको पुष्टि भएको छ।

घटना आज दिउँसोको हो। क्षतिको विवरण आउन बाँकी छ। उद्धार जारी रहेको जनाइएको छ । बाढीका कारण २० देखि २५ वटा होटल र होमस्टे क्षतिग्रस्त भएका छन् ।

स्थानीयका अनुसार दर्जन बढी मजदुरहरु बाढीमा दबिएको हुनसक्ने बताइएको छ । जिल्ला अधिकारी कुमार आर्यले धराली विपद्‌मा चार जनाको मृत्यु भएको छ ।