काठमाडौँ – गृह मन्त्रालयको प्रवक्तामा सहसचिव आनन्द काफ्लेको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव काफ्लेलाई रिक्त रहेको सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका हुन् ।
गृह मन्त्रालयमा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख प्रवक्ता हुन्छन् । यसअघिका प्रवक्ता रामचन्द्र तिवारीलाई असार ३१ गते अध्यागमन विभागको महानिर्देशकका रूपमा खटाइएको थियो।
सुरक्षा तथा समन्वय महाशाखाले मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सूचना समन्वय तथा विश्लेषण, सीमा तथा अध्यागमन प्रशासन, साथै स्थानीय प्रशासन तथा प्रदेश समन्वयसम्बन्धी कार्यहरू गर्छ ।
त्यस्तै मन्त्री लेखकले अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी तोकेका छन् ।










