images
images
images

८औं हीरोज च्याम्पियनसिप : नेपाली तेक्वान्दो टिम थाइल्याण्ड जादै

काठमाडौं  – प्रशिक्षक विश्वस अर्यालको नेतृत्वमा नेपाली तेक्वान्दो टिम आगामी भदौ २४ र २५ गते थाइल्याण्डमा हुने ८औं हीरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सहभागी हुने भएकाे छ ।

प्रतियोगितामा ३० भन्दा बढी देशका ३ हजार ५०० भन्दा धेरै खेलाडीहरू सहभागी हुने अनुमान गरिएकाे छ । प्रतियोगिता ६ विधामा सञ्चालन हुने प्रिशक्षक अर्यालले बताए ।

बिधा अन्तरगर्त क्योरोगी, क्योरोगी-पारा, पुम्से, फ्रीस्टाइल पुम्से, स्पिड किक, र तेक्वान्दो डान्स हुनेछ ।

उक्त प्रतियाेगितामा नेपाली खेलाडीहरूले विभिन्न उमेर समूह र विधामा प्रतिस्पर्धा गर्नेछन् । साथै, नेपालका केही अन्तर्राष्ट्रिय रेफ्रीहरू समेत प्रतियोगितामा सहभागी हुनेछन् ।

जसले नेपालको तेक्वान्दोको अन्तर्राष्ट्रिय सञ्जाल र पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।