images
images
images

गायक पशुपति शर्मा सवार गाडी दुर्घटना

काठमाडौं– गायक पशुपति शर्मा सवार गाडी दुर्घटना भएको छ।

पोखराबाट वालिङ जाँदै गरेको गायक शर्मा सवार ग १ च ४१७१ नम्बरको गाडी दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका २ मा गाडी दुर्घटना भएको हो।

गाडीमा चार जना सवार थिए। कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको डीएसपी न्यौपानेले जनाए। गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ। कारमा सामान्य क्षति पुगेको छ।

गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन्।