काठमाडौं – बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा अटो शो’मा बीवाइडी मुख्य आकर्षण बनेको छ । ५० भन्दा बढी ब्राण्ड सहभागी अटो शोमा चर्चित विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडी बुकिङ गर्नेको लर्को देखिएको हो ।
पहिलोपटक आयोजित ‘नाइमा अटो शो’ बीवाइडीका दुई नयाँ भेरियन्ट प्रदर्शनीमा राखिएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कका अनुसार ‘एट्टो–१’ र ‘सिलायन–७’ अटो पारखीहरुका लागि आकर्षक बनेको छ । बीवाइडी एट्टो–१’ र ‘सिलायन–७’ साइमेक्सले हालै मात्र नेपाली अटो बजारमा भित्राएको हो ।
साइमेक्स इन्कका अनुसार अटो शोमा २५० भन्दा बढी बीवाइडी बुकिङ भइसकेका छन् । यो बुकिङ बुधबार र बिहीबारको हो । आज शुक्रबार अटो शोको तेस्रो दिन हो । शुक्रबार कति बुकिङ तथा बिक्री हुन्छ भन्नेचाहिँ साँझ ७ बजेमात्र थाहा हुने साइमेक्स इन्कले जनाएको छ ।
साइमेक्स इन्कका समीर श्रेष्ठले भने, ‘पहिलो दिनभन्दा दोस्रो दिन बिहीबार ग्राहकको राम्रो रेस्पोन्स आएको थियो । पहिलो दिन एक सय प्लस बीवाइडी बुकिङ भएकामा दोस्रो दिन १५० वटा बुकिङ भएको छ ।’ उनका अनुसार अटो शोमा शुक्रबार मध्यान्हसम्म सबैभन्दा बढी बीवाइडी एट्टो–१ बुकिङ तथा बिक्री भएको छ । साथै, बीवाइडी सिलायन–७ पनि धमाधम बुकिङ भइरहेको छ ।
साइमेक्स इन्कका समीरले भने, ‘सिलायन–७’ २२ वटासम्म बुकिङ भएको मलाई थाहा छ, तर त्यो भन्दा बढी हुनसक्छ ।’ साइमेक्स इन्कले अटो शोमा बीवाइडी बुकिङ गर्ने ग्राहकलाई विभिन्न आकर्षक अफर पनि दिएको छ । तर, अफरमा लोभिएर भन्दा पनि बीवाइडी ब्राण्ड रुचाएर धमाधम बुकिङ भइरहेको साइमेक्सले जनाएको छ ।
गत वर्ष नाडा अटो शोमा बीवाइडी तहल्का नै मच्चाएको थियो । त्यतिखेर एट्टो–३ र डल्फिन लोकप्रिय बनेको थियो । अहिले पनि नेपाली अटो बजारमा बीवाइडीको एट्टो ३ र डल्फिन लाकेप्रिय छ । हालसम्म नेपाली सडकमा सातथ हजारभन्दा बढी बीवाइडीका गाडी गुडिरहेका छन् । ‘नाइमा अटो शो’मा मात्र तीन हजारको हाराहारी बीवाइडी बुकिङ हुने साइमेक्स इन्कको अपेक्षा छ ।
बीवाइडी एट्टो–३ र ‘डल्फिन’ तथा त्यसका भेरियन्टमा भएका फिचर र एपले पनि ग्राहक आकर्षित छन् । त्यसबाहेक बीवाइडीले ब्याट्रीमा पनि १० वर्षसम्म वारेन्टी दिएको छ । त्यो बीवाइडीको विशेषतामध्ये एक हो ।
बीवाइडीका विशेषता
सन् २०२४ भर्सनको बीवाईडी एट्टो–३ नेपाली निकै लोकप्रिय छ । नेपालमा बीवाईडी एट्टो–३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ । जसमा एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ भने यसको बजार मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ ।
त्यस्तै, सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । कम्पनीका अनुसार यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ । यी दुवै मोडलमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो–३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी चार कलर अप्सनमा उपलब्ध छ ।
बीवाइडी एट्टो–३ ई–प्लेटफर्म ३.० मा बनेको छ । सुरक्षित ब्लेड ब्याट्रीद्वारा संचालित बीवाईडी एट्टो ३ मा इको–फ्रेन्ड्ली डिजाइनसहितको पावरफुल पर्फमेन्सको सम्मीश्रण छ । यसको डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ ।
कम्पनीका अनुसार बीवाइडी सिलाइन–७ को फ्रन्टमा डबल यू डिजाइनको फ्लोटिङ एलईडी हेडलाइट, कर्भी डिजाइनको फुलविथ एलईडी टेललाइट, फ्लस डोर ह्याण्डल, २० इन्चको ह्वील तथा डकटेल डिजाइनको रियल स्पोइलर एक्सटेरियर फिचर दिइएको छ । सिलायन–७ को लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम तथा २९३० एमएमको ह्वीलबेस रहेको छ । यो ईभीको बनेट मुनि ५८ लिटरको ट्रक तथा रियरमा ५०० लिटरको बुटस्पेश रहेको छ ।
सिलायन–७ मा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको रोटेटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एचयूडी डिस्प्ले, प्यानारोमिक ग्लासरुफ, इलेक्ट्रिक टेलगेट, १२ स्पीकरसहितको सराउण्ड साउण्ड सिस्टम, एनएफसी कार्ड की, ५० वाटको वायरलेस चार्जर, ड्राइभर फटिग मोनिटरिङ सिस्टम, भेहिकल टु लोड चार्जिङ आदि क्याबिन फिचर रहेको छ ।
कम्पनीका अनुसार नापा लेदर कभर रहेको एटवे पावर एड्जस्टमेन्टसहित भेन्टिलेटेड फ्रन्टसिट, फोरवे पावर लम्बार एड्जस्टमेन्ट, मेमोरी फङ्सन, सिक्सवे पावरफ्रन्ट प्यासेन्जर सिटले चालक र प्यासेन्जरलाई सहज बनाएको छ ।
साथै, सुरक्षाका लागि यो एसयूभीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङसहित १२ वटा सेन्सर, राडार, डिजिटल भिडियो रेकर्डर, हिलहोल्ड, अटोहोल्ड, हाइबिम असिस्ट, लेन डिपार्च वार्निङ, इमेर्जेन्सी लेन किपिङ असिस्ट, फ्रन्ट क्रस ट्राफिक ब्रेक, रियर क्रस ट्राफिक ब्रेक आदि फिचर रहेको छ ।
सिलायन–७ मा सिंगल मोटर रहेको प्रिमियम भेरियन्टमा २३० किलोवाटको रियर ह्वील ड्राइभिङ मोटर तथा अलह्वील ड्राइभसहितको प्रफर्मेन्स भेरियन्टमा ३९० किलोवाटको ड्युल मोटर रहेको छ । यो ईभीमा ८२.५६ किलोवाट आवरको एलएफपी ब्लेड व्याट्रीप्याक दिइएको छ । यो ब्याट्रीप्याकले १५० किलोवाटको डीसी फास्ट चार्जर तथा ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । यो एसयूभीले एक पटकको फुलचार्जमा ४५६ किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ ।
बीवाइडीको ब्याट्री वारेन्टी
साइमेक्स इन्कका अनुसार सबै बीवाइडी (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति लागू गरिएको छ । इभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क भएको कम्पनीको दावी छ । बीवाइडीका एड्भान्स्ड इलेक्ट्रिक भेहिकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टिका वारेन्टी उपलब्ध गराएको हो ।
बीवाइडीका ब्याट्रीमा कभरेजअनुसार वारेन्टी÷ग्यारेन्टी दिइएको छ । पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु¥याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।
यस्तै, मोटर वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु¥याइएको छ । लाइट, टायर प्रेसर मोनिटरिङ होल भेहिकल वारेन्टीमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पु¥याइएको छ ।
यस्तै, जनरल भेहिकल पाट्र्समा कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटरलगायतका विभिन्न पाट्र्सबाहेकका सबै भेहिकल पाट्र्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पु¥याइएको छ ।
नेपालभर १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफ्नो यात्राका क्रममा जहाँबाट पनि सपोर्ट प्राप्त गर्न सक्ने साइमेक्स इन्कले जनाएको छ ।










