images
images
images

एमालेभित्र केपी ओलीको विकल्प छैन : लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले एमालेमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन्। महन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भने, ‘एमालेभित्र केपी शर्मा ओलीको विकल्प नै छैन।’

पार्टीको स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीले निर्णय नै गरिसकेको बताउँदै पार्टीभित्र दक्षिणपन्थी अवसरवाद माथि पनि गतिलो प्रहार भएको बताए। ‘एमालेभित्र विद्या भण्डारीलाई सम्मानित भएर बस्नका लागि निर्णय भयो। आमरूपमा बुझ्ने मान्छेहरूले त्यसलाई नराम्ररी पनि बुझे। तर, त्यो दक्षिणपन्थीमाथिको ठूलो प्रहार थियो,’ उनले भने। उनले नेपालमा दुई तिहाइको नजिक पुगेको एमालेलाई दुई  बाट तीन दल बनाउनमा पनि दक्षिणपन्थीको हात रहेको बताए।

मन्तब्यको अधिकांश समय पार्टी अध्यक्ष ओलीको बारेमा खर्चेका सचिव भट्टले केपी ओलीलाई सबैले बुझ्न नसक्ने बताए। ‘मैले त अहिलेसम्म बुझ्न सकेको छैन। उहाँले गर्नुहुने हरेक निर्णय दूरगामी हुन्छ। उहाँको दृष्टि महाकालीबाट हेरे मेचीसम्म पुग्छ, तर मेरो दृष्टि बढीमा चितवन सम्म पुग्ला,’ उनले भने।