images
images
images

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

काठमाडौंपशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ।

मलामीले दिएको निवेदनका आधारमा पक्राउ पर्नेमा घाटमा शव जलाउने काम गर्दै आएका ब्राह्मण गणेश ढकाल र उनका एक जना सहयोगी छन् । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट उनीहरूले हड्डी निकालेको आरोप छ । एसपी चन्दले भने, ‘हड्डी निकालेर अर्कोलाई दिएको मृतकका परिवारले आरोप लगाएका छन्, हामी अनुसन्धान गर्दैछौँ।’

मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो। यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले बताएको छ। डीएसपी खनालका अनुसार आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको छ।