काठमाडौँ – वाणिज्य बैंकहरूमा हालसम्म पाँच वटाले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा कृषि विकास बैंकले चार अर्ब १५ करोड नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।
अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो ४४ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले दुई अर्ब ८९ करोड रूपैयाँ खुद नाफा कमाएको थियो।











