images
images
images

‘निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना गर्न असम्भव’

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताएका छन्।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकरात्मक रुपमा लैजानुपर्ने बताएका हुन्।

हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उनको भनाइ छ। जनताको धारणा निजी क्षेत्रप्रति सकारात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उनले बताए।

उनले सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको बताए। तर, निजी क्षेत्रले कुनै एउटा उद्योग प्रतिष्ठान खोल्यो भने त्यहाँबाट तत्काल धेरैलाई रोजगार दिनसक्ने बताए। उनले निजी क्षेलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।