images
images
images

विदेशबाटै गंगालालका वरिष्ठ कार्डियाक सर्जन डा. रामेश कोइरालाको राजीनामा

काठमाडौं, २८ साउन – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन्।

व्यक्तिगत कारणले काम गर्न असमर्थ भएको भन्दै उनले आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

विदेशमा रहेका कारण इलेक्ट्रोनिक मेलमार्फत हस्ताक्षर प्रमाणीकरण गर्न नसक्ने उनले बताए।उनले राजीनामा पत्रको विद्युतीय हस्ताक्षर प्रमाणीकरण गर्न अस्पताललाई आग्रह गरेका  छन्। अक्टोबर १६ सम्म अस्पतालमा उपस्थित हुन नसक्ने भएकाले त्यतिजेलसम्म आफ्नो कार्यकक्षमा रहेका सामानका लागि प्रतीक्षा गर्न आग्रह गरेको छन्।

डा. रामेशले गंगालाल अस्पतालमा २५ वर्ष बिताएका छन्।

‘आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु, उनले राजीनामा पत्रमा लेखेका छन्।’

यस्तै, डा. कोइरालाले आफू केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति र उज्ज्वल भविष्यको कामना समेत गरेका छन्।

‘आफू केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति र उज्ज्वल भविष्यको कामना गर्दै उनले पत्रको अन्त्यमा लेखेका छन्, म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं–हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम सङ्घीय सरकारले (काम गरोस् भन्ने कामना गर्दछु,’ उनले भने