images
images
images

श्रम मन्त्रालयले मनाउँदै ओएचएस दिवस, उत्कृष्ट प्रतिष्ठानलाई सम्मान गरिने

काठमाडौं, ३० साउन – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य (OHS) सम्बन्धी उत्कृष्ट कार्य गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्ने भएको छ। यसका लागि आज दिउँसो विशेष कार्यक्रम आयोजना गरिएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै (ओएचएस) सम्बन्धी सम्मान कार्यक्रममा सम्पूर्ण सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथ्यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले गर्ने बताइएको छ।

विज्ञप्तिअनुसार, कार्यक्रममा हरेक प्रदेशबाट व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गरिनेछ।

कार्यक्रम आज (शुक्रबार) दिउँसो १ बजे मन्त्रालयकै सभाहलमा हुनेछ।