images
images
images

‘प्रचण्ड’को दाबी : ‘राष्ट्रिय पुँजीको संरक्षण लागि पार्टीले निरन्तर संघर्ष गरिरहेको छ’

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पुँजीको संरक्षण लागि आफ्नो पार्टी निरन्तर संघर्षरत रहिरहने बताएका छन् ।

उनले राष्ट्रिय पुँजीको संरक्षण गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताए । आज प्रविधि र उद्यमशीलतामा सक्रिय युवालाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले राज्यको नीति निर्माण तहमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

पार्टीमा प्रवेशी युवालाई आगामी दिनमा पार्टीको नीतिगत तथा संगठनात्मक अभियानमा सक्रिय योगदान गर्दै उत्पादन र उद्यमशीलतामा लाग्न आग्रह गरे ।