images
images
images

१२ सहसचिवको सरुवा, को कहाँ?

काठमाडौं – अर्थ मन्त्रालयले १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालय र मातहतका निकायमा कार्यरत सहसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।

भन्सार विभागको महानिर्देशकमा श्याम प्रसाद भण्डारी नियुक्त भएका छन्। ठूला करदाता कार्यालयको प्रमुखमा विपिन कुमार गौतम सरुवा भएका छन्।

अर्थ मन्त्रालयका सहसचिव सुभाष चन्द्र घिमिरेलाई अर्थ मन्त्रालयकै बजेट तथा कार्यक्रम महाशाखामा, टंक राज पाण्डेलाई योजना, अनुगमन तथा मुल्यांकन महाशाखामा र भण्डारीलाई भन्सार विभागको महानिर्देशकमा पठाइएको छ।

यस्तै, महेश भट्टराईलाई अर्थ मन्त्रालयकै आर्थिक नीति विशेष महाशाखामा, टंकनाथ सापकोटालाई निक्षेप तथा कर्जा सुरक्षा कोषको प्रमुख कार्यकारीमा, भरतराज पौडेललाई भन्सार विभागको उपमहानिर्देशकमा र विष्णु पौडेललाई महालेखा नियन्त्रक कार्यालयको सहायक महालेखा नियन्त्रकका रुपमा सरुवा गरिएको छ।

त्यसैगरी, रमेश अर्याललाई भन्सार विभागको उपमहानिर्देशक, नमराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, विपिन कुमार गौतमलाई ठूला करदाता कार्यालयको प्रमुखमा, ऋषि कुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखमा र जितेन्द्र प्रसाद झालाई वीरगन्ज भन्सार कार्यालयको प्रमुखमा पदस्थापन गरिएको छ।