काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । लामिछाने हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका छन् ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, शुक्रबार उनलाई नक्खु कारागार सरुवाको निर्णय गरिएको हो ।
लामिछाने स्वयंले मञ्जुरीनामा दिँदै नक्खु कारागारमा राख्न अनुरोध गरेका थिए, सोही अनुरूप निर्णय गरिएको शर्माले जानकारी दिए ।
अब रुपन्देही कारागार, जिल्ला प्रशासन कार्यालय (सीडीओ), र अन्य प्रशासनिक निकायले आवश्यक प्रक्रिया पूरा गरेपछि लामिछानेलाई नक्खु कारागार स्थानान्तरण गरिनेछ ।
गृहमन्त्री रमेश लेखकले पनि केही दिनअघि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेको कारागार सरुवा प्रक्रिया अगाडि बढिरहेको जानकारी गराएका थिए ।










