काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर काठमाडौं ल्याउने जहाज डिले भएको छ। लामिछानेलाई प्रहरीले बुद्ध एयरबाट ३ : १० बजे ल्याउने तयारी थियो ।
कारागारबाट उनलाई विमानस्थल ल्याइसकिएको छ । तर चार बजेसम्म जहाज उडेको छैन । रविलाई ल्याउने भनेपछि विमानस्थलमा लामो भीड जम्मा भएको छ ।
यस्तै त्रिभुवन विमानस्थलमा पनि रास्वपाका नेता कार्यकर्ता र समर्थकहरु पुगिसकेका छन् । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए ।
उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । अदालतले अनुमति दिए पनि गृह प्रशासनले उनलाई रोकेको थियो ।










