images
images
images

राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा [तस्बिरहरु]

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गरेका छन् ।

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटनस्थित कृष्ण मन्दिर पुगेका थिए ।

राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।

WhatsApp-Image-2025-08-16-at-16.43.59_d9face16-1755344962.jpg

WhatsApp-Image-2025-08-16-at-16.43.59_635d7040-1755344961.jpg

WhatsApp-Image-2025-08-16-at-16.43.59_bc6814c5-1755344961.jpg

WhatsApp-Image-2025-08-16-at-16.44.00_0495b300-1755344962.jpg

WhatsApp-Image-2025-08-16-at-16.43.58_b16ac630-1755344960.jpg

WhatsApp-Image-2025-08-16-at-16.43.58_7f6b2652-1755344960.jpg