चितवन – नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ।

इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको थियो।
सडकबाट पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो। रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।










