images
images

मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताएका छन्।

 

आइतवार ललितपुरमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोवल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएको खुकुलो बनाउन नसकिने बताएका हुन्।

नेपालमा मिर्गौला, आँखा लगायतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंगहरू पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको बताए। उनले यदि मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानून बनाउने हो भने यसले विकृति भित्र्याउने बताए।

मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको बताए।

मन्त्री पौडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताए। संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको बताए। धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिसमात्रै सुखी हुने उनको भनाइ छ।