images
images
images

गुन्डा नाइके राजु गोर्खाली काठमाडौंबाट पक्राउ

काठमाडौँ– गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन्। उनी राजधानीको चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ परेका हुन्।

उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए।

उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए।

‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ। सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं,’ ती अधिकृतले भने।

पीडितको नाम भने प्रहरीले खुलाएको छैन। गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ।

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका थिए।

विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन्।