काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ।
आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट भएको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।
नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरिसकेका छन्।










