images
images
images

दाहालसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका विदेश सचिव मिश्रीले दाहाल निवास खुमलटारमा भेट गरेका हुन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको दाहालको निजी सचिवालयले जनाएको छ।