images
images

दुर्गममा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन्।

मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरुको नाम संकलन भइरहेको र उनीहरुको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताइन्।

उनले प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने गरी व्यवस्था मिलाइएको उल्लेख गरिन्।

दुर्गममा जान नमान्ने कर्मचारीहरुको आर्थिक अधिकार कटौती गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको उनको भनाइ थियो।