images
images
images

फैसला कार्यान्वयनमा गृहमन्त्री लेखक आक्रामकः काठमाण्डौं परिसर अग्रस्थानमा

काठमाण्डौं, २ भदौं – गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानूनी सुधारलाई प्राथमिकता राखेका गृहमन्त्री रमेश लेखकले फैसला कार्यान्वयन पनि आक्रमक रुपमा अघि बढाउनुभएको छ ।

 

मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई सक्रिय बनाएकै कारण मन्त्री लेखकको कार्यकालको पहिलो बर्ष (गत आर्थिक बर्ष २०८१/०८२) मा हालसम्मकै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ परेको तथ्याङ्कले देखाएको छ ।

 

अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा देशभरबाट कुल १४ हजार ७६४ जना फरार अभियुक्त नेपाल प्रहरीले पक्राउ गरेको थियो । अघिल्लो आर्थिक बर्षको भन्दा गत आर्थिक बर्षमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ जना फरार अभियुक्त पक्राउ गरिएको छ ।

 

जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ६५.०८ प्रतिशतले बढी हो । त्यसैगरी प्रहरीले आर्थिक बर्ष २०७९/०८० मा ११ हजार ९०२ जना फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृह मन्त्रालय र मातहतको निकाय सक्रिय रहँदा परिणाम उत्कृष्ट आएको हो ।

 

गृहमन्त्री लेखकको कार्यकालको पहिलो बर्ष (गत आर्थिक बर्ष २०८१÷०८२ ) मा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ जना फरार अभियुक्त पक्राउ गरेको देखिएको छ ।

 

त्यसैगरी कोशी प्रदेश प्रहरीले ३ हजार ४ सय ८९, मधेश प्रहरीले ५ हजार ७१२, बाग्मती प्रदेश प्रहरी १ हजार ७ सय ३, गण्डकी प्रदेश प्रहरी १ हजार ४ सय ९१, लुम्बिनीले ३ हजार ९ सय ९६, कर्णाली प्रदेशले ५ सय ५६, सुदूरपश्चिम प्रदेशले ९ सय २८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ जना फरार अभियुक्त पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत आर्थिक बर्षमा रु एक अर्व, ५० करोड भन्दा बढी जरिवाना रकम समेत असुल उपर गरेको छ ।

 

त्यसैगरी जिल्ला स्तरको फैसला कार्यान्वयनको विवरण हेर्दा काठमाण्डौं प्रहरी परिसर अग्रस्थानमा छ । जनघनत्व बढी भएको राजधानी काठमाण्डौंमा हरेक दिनजसो ठुला र साना अप्रेसन चलाइरहेका काठमाण्डौं प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक अधिकारीले काठमाण्डौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएका छन् । उपलब्धी शान्ति सुरक्षामा भने सिमित छैन् ।

 

जनशक्ति अभाव र सिमित स्रोतसाधनको अधिकत्म प्रयोग गरी अधिकारीले फैसला कार्यान्वयनमा पनि जवरजस्त उपलब्धी हासिल गरेका छन् । काठमाण्डौं प्रहरी परिसरले गत आर्थिक बर्षमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको रेकर्ड छ । एक बर्षको अवधिमा परिसरले काठमाण्डौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रहरी बरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

 

“काठमाण्डौं परिसरले आर्थिक बर्ष २०८०/०८१ मा १ हजार ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो ।” उहाँले भन्नुभयो–“अहिले त्यो संख्या वृद्धि गरेर ५ हजार ५ सय ८५ पु¥याउन काठमाण्डौं प्रहरी परिसर सफल भएको छ ।” उहाँले आफूहरु फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरी संगठनको बार्षिक कार्य सम्पादन सम्झौता अनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा समेत राखिएको छ ।

 

त्यस्तै गृहमन्त्री लेखकको कार्यकालको पहिलो बर्ष सहकारी सम्वन्धी ८२ वटा मुद्दा दर्ता भएका छन् । सहकारी प्रकरणमा विभिन्न राजनीतिक दलका उच्च तहका नेताहरु समेत कानूनको दायरामा आएका छन् । मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ जना पक्राउ परेका छन् ।