काठमाडौं, ३ भदौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करबीच कार्यसम्पादन सम्झौता भएको छ।
मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री र सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्नेबारे सम्झौता भएको हो।










